सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर–११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा गाडी चालक वीरेन्द्रनगर–७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।

दुर्घटनापछि प्रहरीले उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए । गाडीमा पाँच जना सावार थिए ।

घाइते भएका दैलेख भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । छातीमा चोट लागेको छ ।

गाडी सडकबाट ७०–८० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस