लमहीमा माघ १२ देखि महोत्सब सुरु हुँदै

दाङ । लमहीमा छैँठौ कृषि, पर्यटन तथा ब्यापारिक महोत्सब सुरु हुन लागेको छ ।

‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने नारा सहित देउखुरी उद्योग बाणिज्य संघले महोत्सवको तयारी थालेको छ ।

यही माघ १२ गतेदेखि २५ गतेसम्म महोत्सव चल्नेछ । अजम्बरी सामुदायिक बनको पिकनिक स्थल (जैबिक विविधता पार्क पछाडी) महोत्सब सुरु गर्नेगरी सम्झौता भएको छ ।

आयोजकले बुधबार लमहीमा पत्रकार सम्मेलन गरि महोत्सव सम्बन्धी जानकारी गराएको हो । पछिल्लो समय खस्किदो ब्यापारलाई उकास्न र पर्यटकीय क्षेत्रलाई परिचित गराउन महोत्सबको आयोजना थालिएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताए ।

महोत्सबमा विभिन्न जातजाती, भाषाभाषीको संस्कृति झल्किने साँस्कृतिक कार्यक्रमहरु हुनेछन । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको उपस्थित हुने महोत्सबमा कृषिका स्टल, ब्यापारिक स्टल लगायतका रहनेछन । स्टल बुकिङ्ग खुल्ला गरि सकिएको छ ।

आयोजकले अपांगता र बृद्धावस्थाका ब्यक्तिहरुलाई निःशुल्क टिकटको ब्यवस्था गर्ने जनाएको छ । विद्यार्थीको हकमा ४५ प्रतिशत छुट रहनेछ भने अन्यका लागि १ सय रूपैया टिकट दर कायम गरिएको छ ।

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस