लमही वडा २ मा वडा स्तरिय थारु नाचगान तथा माघ मिलन कार्यक्रम

लमही । लमही नगरपालिका वडा नम्बर २ मा वडा स्तरिय थारु नाचगान तथा माघ मिलन कार्यक्रम सम्पन्न भएको छ ।

वडाको रनियापुरमा आयोजित कार्यक्रमलाई लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले उद्घाटन गरेका हुन । कार्यक्रममा प्रमुख चौधरीले माघीको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै थारुहरुको महान पर्व माघीले सबैमा आत्मियताको ढोका खुल्ने बताए । उनले एकअर्कामा खुसी साट्ने पर्बको संज्ञा दिदै स्वास्थ्यका निम्ति रमाईलो पनि आबस्यक रहेको बताए ।

लमही नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरीको अध्यक्षता तथा नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । वडा सदस्य सुनिता चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेल, ३ का मनोज चौधरी, ६ का श्याम नारायण चौधरी लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा नृत्य प्रतियोगीताका लागि ५ नृत्य ग्रुपले सहभागी जनाएका थिए । जसमध्य सोनपुर नृत्य ग्रुप पहिलो भएको छ । दोस्रोमा रनियापुर नृत्य ग्रुप र घटुरिया डाँडाले त्यस्रो स्थान हाँसिल गरेको छ । बरुवा गाउँ र बनकट्टी नृत्य ग्रुपले सान्त्वना भएका छन । प्रतियोगितामा पहिलो हुनेले नगद १२ हजार, दोस्रोले १० हजार, त्यस्रोले ८ हजार र सान्त्वना हुने ग्रुपले क्रमश ५/५ हजार पुरस्कार प्रमाणपत्र पाएका छन ।

बरुवा गाउँ टोलबिकाश सँस्थाले आयोजना गरेको कार्यक्रमको सम्पुर्ण खर्च वडा नम्बर २ को कार्यालयले गरेको हो ।

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस