मोटरसाईकललाई पिकअपले ठक्कर दिँदा २ जना घाईते

लमही । लमहीमा पिकअप गाडीले मोटरसाईकल लाई ठक्कर दिँदा २ जना घाईते भएका छन ।

पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च ८८० नम्बरको पिकअपले रा ७ प १५७६ नम्बरको मोटरसाईकल लाई लमही नगरपालिका वडा नम्बर ७ हसनापुरमा ठक्कर दिँदा मोटरसाईकल सवार २ जना घाईते भएका हुन ।

पश्चिमबाट पुर्ब आउँदै गरेको मोटरसाईकलले बाटो क्रस गर्ने क्रममा दुर्घटना भएको प्रहरीले बताएको छ ।
घाईते हुनेहरुमा लमही नगरपालिका वडा नम्बर ७ हसनापुर बस्ने बर्ष २८ का रोशन बिसी र सोही ठाउँ निवासी बर्ष २९ का कुशल थापा रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
रोशन बिसीको खुट्टामा गहिरो चोट लागेको छ भने कुशल थापाको टाउकोमा सामान्य चोट लागेको छ । घाईतेहरुको लमही अस्पतालमा सामान्य उपचारपछि घोराही रिफर गरिएको छ ।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस