रोल्पा । रोल्पामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
मंगलबार सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर र पोवाङका ४२ वर्षका हिकलाल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार


