रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा सामुदायिक विद्यालयसँग दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।
कार्यक्रम पुस २५ र २६ गते सञ्चालन हुने शिक्षा यूवा तथा खेलकुद शाखाका प्रा.स घन बहादुर डाँगीले जानकारी दिएका छन् ।
कार्यक्रममा रुन्टीगढीका विभिन्न सामुदायिक विद्यालयबाट विद्यालय प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको छ । सामुदायिक विद्यालयहरुको खस्किदो शिक्षा पद्धतिलाई उकास्ने उद्देश्का साथ अन्तरक्रिया कार्यक्रम सुरु गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका प्रअ तथा विव्यस अध्यक्षहरुले विद्यालयका समग्र समस्याहरु पनि दर्शएका छन् । समग्र शिक्षाको स्थिति सुधार्न पहल गर्न समेत प्रा.सले अनुरोध गरेका छन् । कार्यक्रम रुन्टीगढी गाउँपालिकाको सभा हलमा भइरहेको छ ।
प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार


