
तुलसीपुर । नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको सभापतिमा दोर्ण बहादुर वली चयन भएका छन् । शाखाको अधिवेशनले शनिबार वलीको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको निर्वाचन अधिकारी प्रकाश श्रीबन्दले जानकारी दिए ।
शाखाको नयाँ नेतृत्वका लागि भएको अधिवेशनले सभापतिमा दोर्ण बहादुर वली, उपसभापतिमा देवा डाँगी, सचिवमा ढुण्डीराज न्यौपाने, सहसचिवमा खुमप्रसाद भण्डारी, कोषाध्यक्षमा डिला चापागाई सह–कोषाध्यक्षमा तिलक बहादुर केसीलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
त्यस्तै समितिको सदस्यमा सुभास भट्टराई, प्रेम प्रकाश चौधरी, कृष्ण बहादुर केसी, राधा खडका, गौरा न्यौपाने रहेका छन् ।
प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार