![](https://pradeshpatra.com/wp-content/uploads/2021/12/earthquake-logo_iFBA4yWTbQ.jpg)
काठमाडौँ । बागलुङको विभिन्न स्थानमा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भई तीनपटक भूकम्प गएको हो ।
केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारीचौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारीचौरआसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार