विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

काठमाडौं । फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ ।

साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएको थियो ।

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा आइतबार राति ८ः४५ बजे सुरु हुनेछ । यस्तै तेस्रो स्थानको लागि मोरक्को र क्रोएसियाबीच शनिबार राति खेल हुनेछ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस