
बिजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बनकट्टीस्थित खप्तडी बस्नेत वंशावली तथा अनुसन्धान केन्द्रको परिसरमा पाँच लाख बराबरको गणेश मन्दिर स्थापना हुने भएको छ । तुलसीपुर वडा नं. १७ बनकट्टी निवासी हाल काठमाडौं–३ टोखा बस्ने रबिन्द्र बस्नेत, शान्ता बस्नेत र छोरा रुपेश बस्नेतको सहयोगमा निर्माण हुन लागेको गणेश मन्दिरको मंगलबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।
खप्तडी बस्नेत वंशावली तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर बस्नेतले उक्त मन्दिरको शिलान्यास गरेका हुन् । उक्त शिलान्यास कार्यक्रममा केन्द्रका उपाध्यक्ष प्रेम बहादुर बस्नेत, मन्दिरका पुजारी शेर बहादुर बस्नेत(शम्भु) लगायतको उपस्थित रहेको थियो ।
प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार