कालीकोट । कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परि तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।
कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा दुर्घटना भएको हो । फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिए ।
डोजरमा आठ जना सवार रहेकामा दुई जनाको ज्यान गएको छ भने तीन जना कर्णाली नदीमा बेपत्ता भएका छन् र तीन जना घाइते भएको ढिएसपी रिमालले बताए ।
डोजर कर्णाली करिडोर नजिकै ८० मिटर तल नदीमा खसेको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा रहेका छन् । त्यस्तै चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका–१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की बेपत्ता छन् ।
त्यसैगरी घाइतेहरुको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


