मीन बहादुर केसी स्मृती कप फुटबलको उपाधी टाईगर क्लबलाई

तुलसीपुर । तुलसीपुरको दमारगाउँमा संचालित जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीन बहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता २०७९ को उपाधी आयोजक टाईगर युवा क्लब तुलसीपुर ३ ले जितेको छ ।

टाईगर युवा क्लब तुलसीपुर ३ दमारगाउँको आयोजनामा संचालित प्रतियोगिताको आज बिहीबार सम्पन्न फाइनल खेलमा ज्ञानज्योती फुटबल क्लब तुलसीपुर ६ लाई सुन्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै टाईगर युवा क्लबले उपाधी जितेको हो ।

उपाधीसँगै उसले नगद एक लाख तीस हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाइनलमा हार ब्यहोरेको ज्ञान ज्योती उपबिजेतामा सीमित रहँदै नगद ६५ हजार, कप मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

उल्लेख्य दर्शकको उपस्थिमा टाईगर क्लबको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको पहिलो हाफ्को समाप्तिसम्म गोल रहित बराबरी भएपनि दोस्रो हाफको ९ औ मिनेटमा जर्सी नं १३ का माधव घिमिरेले पहिलो गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए ।

त्यस्तै जर्सी नं ५ का बिजय सिंह ठकुरीले दोस्रो हाफ्को १८ औ मिनेटमा थप एक गोल गर्दै टिमलाई दुई सुन्यको जित निकाल्न सफल भए ।

फुटबल खेलको बिकास र प्रवर्द्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उद्देश्यका आयोजना गरिएको प्रतियोगितामा दाङ लगाएयत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहेको थियो।

यसैबिच प्रतियोगिताको समापन समारोह खेल संयोजक सुरबिर गुरुङको अध्यक्षता तथा ९९ वर्षीय बयोवृद्ध समाजसेवी ब्यक्तित्व तिलक बहादुर मल्लको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य टेक बहादुर बिकको विशिष्ट आतिथ्यमा भएको थियो । सो अबसरमा बिजेता, उपबिजेता तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

क्लबका सल्लाहकार इन्द्र पुनको स्वागत रहेको कार्यक्रमको संचालन क्लबका संस्थापक अध्यक्ष प्रेम प्रकाश मल्लले गरेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस