आज पूर्णिमा व्रत, चन्द्रमाले पूर्ण आकार लिने

काठमाडौं । आज पूर्णिमा व्रत रहेको छ । मंसिर महिनाको तिथिले भोलि बिहीबार परे पनि पूर्णिमाको व्रत बस्नेले बुधबार नै बस्नुपर्नेछ । यस दिन विशेष गरी भगवान शिव र विष्णुको पूजा अर्चना गरिन्छ । सर्वाधिक चम्किलो र तेजिलो देखिने चन्द्रमाले यस दिन आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ । 

बुधबारको दिन व्रत बस्नाले चन्द्रमाको कृपा प्राप्त हुने, स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ । आजको दिन भगवान विष्णुलाई गरिने पूजाअर्चनालाई सत्यनारायणको स्वरुप पनि मानिन्छ ।

पूर्णिमाको व्रत बिहान सूर्योदय भएसँगै सुरु हुने र साँझमा चन्द्रोदय भएसम्म बस्ने गरिन्छ । साँझमा चन्द्रोदयपछि चन्द्रमाको दर्शन गरी व्रत समापन गरिन्छ ।

यसैबीच, मंसिर शुक्ल पूर्णिमा भोलि बिहीबार परेको छ । यसदिन उधौली उधौली पर्व, धान्यपूर्णिमा र योमरी पुन्हि पनि मनाउने चलन छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस