विश्वकपको नकआउट चरणमा पहिलो पटक एसियाबाट तीन टिम

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा एसियाका तीन राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् ।

पहिलो पटक कतारमा आयोजना भएको विश्वकपमा यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

जसमा एकै संस्करणमा अहिलेसम्मकै तीन एसियन टिमले नकआउट चरणमा स्थान बनाएका हुन् । एसियाबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनाएका हुन् ।

शुक्रबार दक्षिण कोरियाले पोर्चुगलमाथि २(१ को शानदार पुनरागमन जित निकाल्दै एसियाबाट अन्तिम १६ मा पुग्ने तेस्रो टिम बनेको हो ।

कोरिया समूह एचको उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । अष्ट्रेलिया समूह डी को उपविजेता तथा जापान समूह इ को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

आयोजक कतार, इरान र साउदी अरेबिया भने समूह चरणबाटै बाहिरिएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस