हेर्नुहोस् आजको राशिफल, २०७९ मंसिर १३ गते मंगलबार

मेष – मनमा चिन्ता बढ्ने योग छ । साथै धनमाल हराउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । नसोचेको ठाउँमा खर्च हुन सक्छ । अन्नको काममा लाभ हुने दिन छ ।

वृष – भाग्यले साथ दिनेछैन, खर्च बढ्ने र लेन देनमा विबाद बढनेछ संयम भएर काम गर्नुहोला । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आफन्त मिलनले सुख दिनेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ ।

मिथुन – व्यापारमा सफलता पाउनुहोला यात्रा गर्ने अवसर पनि मिलनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । पैसो कमाउने योग छ । व्यर्थको खर्चले मन पिरोल्ला ।

कर्कट – अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनीतिमा सफल भइएला । प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला ।

सिंह – परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होला । वादविवादको सामना गर्नु पर्ला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ ।

कन्या – व्यापारमा सफलता पाउने यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । जागिरको काममा डर हुनेछ । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ ।

तुला – दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । रमाइलो दिन छ । धन आर्जनमा राम्रो दिन छ । मान सम्मान मिले पनि मनमा डर रहने छ ।

वृश्चिक – अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । अप्रत्याशित लाभ हुनेछ । आज केही हानि हुन सक्छ सावधान रहनु होला । मनोरञ्जन पूर्ण रहने दिन छ ।

धनु – अनावश्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला । पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनु होला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । अनावश्यक झमेलामा परिएला । बचत हुने प्रवल सम्भावना छ ।

मकर – रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । पिडा दिनेहरु सक्रिय छन् सावधान रहनु होला ।

कुम्भ – आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । राम्रो कमाइका कारण सुख मिल्नेछ । पैसो कमाउने योग छ ।

मीन – लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । अचानक कमाइ हुनेछ । काममा मन प्रशस्त मात्रामा जानेछ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस