हुस्सु र कुहिरोले हवाई उडान र अवतरण प्रभावित

काठमाडौं । हुस्सु र कुहिरो लागेको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान÷अवतरण प्रभावित भएको छ । कुहिरो लागेकाले पोखरा विमानस्थल पनि खुलेको छैन ।

अहिले काठमाडौंमा पारिलो घाम लागेकाले हुस्सु र कुहिरो हट्ने क्रममा छ । तर बिहान पूर्वनिर्धारित समयमै उडान नभएकाले आज दिनभरका उडानहरु प्रभावित हुने भएका छन् ।

एयरलाइन्स कम्पनीहरुले सूचना जारी गर्दै आज दिनभरका उडानहरु ढिला हुने जनाएका छन् । उडान ढिलो हुने हुँदा यात्रुहरुलाई एअरलाइन्सको कार्यालयमा सम्पर्क राख्न अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस