दाङ निर्वाचन क्षेत्र नं.२ मा सुरुवाती चरणमा रेखा शर्माको अग्रता

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले सुरुवाती चरणमा फराकिलो अग्रता लिएकी छिन् ।

२ हजार ७ सय ८० मत गन्दा ६०४ मतले रेखाले अग्रता लिएकी हुन् । शर्माले १४५० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा एमालेका शंकर पोखरेलले ८४६ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी २८१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

सुरुवातीमा बंगलाचुलीको २, ५, ७ र घोराही उपमहानगरपालिकाको १५ र १९ वटा वडाको मतगणना भइरहेको छ । क्षेत्र नं. २ मा एक लाख ३३ हजार ७ सय ४८ मतदाता मध्ये ७९ हजार ४ सय ४६ मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस