दाङमा हथौडा प्रहार गरि श्रीमतीको हत्या

तुलसीपुर । पश्चिम दाङमा श्रीमानको हथौडा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नं. १ क्यूरेनी निवासी ४० वर्षीय लाल बहादुर बोटेले आफ्नै श्रीमती ३४ वर्षीया खुमी बोटेलाई हथौडा प्रहार गर्दा उनको घटना स्थल मै मृत्यु भएको हो ।

शुक्रबार बिहान ३ बजेको समयमा श्रीमानले श्रीमतीलाई हथौडा प्रहार गरेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरिक्षक मान बहादुर बिष्टले जानकारी दिए । बिष्टका अनुसार श्रीमतीको हत्या गरेको थाहा पाएपछि छिकेमीहरुले बोटेलाई बाहिरबाट चुक्कुल लगाएर कोठामा थुनेका थिए ।

सामान्य झगडा पछि श्रीमतीको हत्या गरेको प्रहरी समक्षा बोटेले बयान दिएको बिष्टले जानकारी दिए । छोराछोरी मामा घरमा गएकाले घरमा बोटेका श्रीमान श्रीमती मात्रै घरमा थिए । अहिले बोटेलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस