तुलसीपुरमा माहुरीले टोक्दा एक महिला घाइते

तुलसीपुर। तुलसीपुरमा माहुरीको टोकाइबाट एक महिला घाइते भएकी छिन् । तुलसीपुर उपहानगरपालिका वडा नं. १२ कपडादेवी निवासी ८५ वर्षीया गरभित थरुनीलाई माहुरीले टोक्दा घाइते भएकी हुन् ।

उनलाई शनिबार दिउँसो करिब साढे ४ बजे घरको आँगनमा बसीरहेको बेला माहुरीले टोकेको हो । ५०/६० वटा भीर माहुरीले टोक्दा घाइते भएकी थरुनीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।

घाइते थरुनीको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस