
कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकाले सडक मर्मत गर्नुपर्ने भन्दै गाउँपालिकाभर ठुला सवारी साधनलाई संचालनमा रोक लगाएको छ ।
गाउँपालिले एक विज्ञप्ती निकालेर अर्को सूचना नभए सम्मका लागि ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको जानकारी दिएको हो । गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा मालबहाक गाडी टिप्पर, ट्रक जस्ता ठुला गाडिहरुलाई अल्पकालिनरुपमा सञ्चालनका लागि रोक लगाएको उल्लेख गरिएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘बंगलाचुली गाउँपालिकामा यहि मिति २०७९ साल असोज १८ गतेदेखि परेको भिषण वर्षापछि आएको विपद्का कारण ठाउँ ठाउँमा सडक भत्किएको, चर्किएको तथा पहिरोले यस क्षेत्रका सडकहरु क्षतविक्षत भएको र हालसम्म पनि सार्वजनिक सवारी साधन आवागमनमा असहजता रहेको साथै अहिले सडक मर्मतको काम भैनसकेको हुँदा अर्को सूचना जारी नहुँदा सम्मको लागि गाउँपालिकाभरी सडक निर्माण कार्यका लागि बाहेकका ट्रिप्पर, ट्रक लगायत ठूला मालवहाक साधनहरुलाई अल्पकालिनरुपमा सञ्चालनमा रोक लगाइएको कुरा सम्पूर्णमा जानकारीका लागि अनुरोध छ । साथै अनुमति बिना संचालनमा आउने उक्त साधनहरुलाई रोकलगाउन सहयोग गरिदिनुहुन सरोकारवाला निकाय सबैलाई अनुरोध छ ।’