गोदाममा लागेको आगो निभाउने क्रममा जलेर १ जनाको मृत्यु

बाँके । बाँकेमा चुरा गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा बर्दिया मधुवन नगरपालिका–८ बस्ने २५ वर्षका समिर वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका वलीको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको हो । बिजुलीको तार शर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा गोदाममा लागेको आगो निभाइएको छ । आगलागीबाट ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस