
दुधरास । वाइसीएल तुलसीपुर नगर उपाध्यक्ष रबि बस्नेतको आज अन्तेष्टि गरिएको छ । गएराति तुलसीपुरमा भएको माेटरसाईकल दुर्घटनामा परि निधन भएका बस्नेतकाे तुलसीपुर -१७ पत्रेखाेलाघाँटमा दाहासंकार गरिएको हाे ।
मृतक बस्नेतको पार्थिव शरिरमा माओबादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् पुर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा , पाेलिटब्यूरो सदस्य तथा जिल्ला ईन्चार्ज निर्मल आचार्य , पाेलिटब्यूरो सदस्य दामा शर्माले संयुक्त रुपमा पार्टीको झण्डा ओडाएर श्रञ्द्वाञ्जली ब्यक्त गर्नु भएको थियाे ।

तुलसीपुर उपमहानगरपालिका -१७ मज्गै निवास २५ बर्षिय बस्नेत वाइसीएल तुलसीपुर नगर उपाध्यक्ष एवम् जिल्ला कमिटी सदस्य समेत रहनु भएको थियाे ।
शर्माले श्रञ्द्वाञ्जली ब्यक्त गर्दै बस्नेतको निधनले सिङ्गो माओबादी केन्द्र र आफुलाई समेत दुखित बनाएको छ भन्नुभयो ।
दाङको युवा आन्दोलनका अथक योद्धाका रुपका चिनिनु हुने बस्नेत लामो समय देखि माओवादी केन्द्रमा आबद् रहदै आउनु भएको थियो ।त्यस अबसरमा पुर्व मन्त्री शर्माले नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा बस्नेतले खेलेकाे भुमिका महत्त्वपूर्ण रहेकाे उल्लेख गर्नुभयाे ।