
दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु भएको छ । १ दशमलव ५ टेस्लाको मेसिनबाट पहिलो पटक प्रतिष्ठानमा एमआरआई सुरु गरिएको प्रतिष्ठानका कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. बोम बिसीले जानकारी दिए।
एमआरआई सेवा सञ्चालन भएसँगै बिरामीको रोग पत्ता लगाउन र उपचार गर्न सहज हुने डा. बिसीको भनाइ छ।
यसअघि यो क्षेत्रमा एमआरआई सेवा नहुँदा नागरिकहरुलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । एमआरआई सेवाका लागि ८ हजारदेखि २० हजार रुपैयाँसम्म शुल्क लाग्ने सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ कार्तिक ७ गते सोमवार