तुलसीपुर । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा दाङ ३ (ख) का उम्मेदवार धनबहादुर मास्की (राजेश)ले महान जनयुद्धका सहिद परिवार तथा बेपत्ता योद्धाका परिवारसँग भेटघाट गर्ने गरेका छन् ।

सो भेटघाटको क्रममा पार्टीको केन्द्रीयय सदस्य तथा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा (अपार) को उपस्थिति रहेको थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १ र २ मा भेटघाट भएको हो । मास्की माओवादीका पूर्व डिभिजन कमाण्डर समेत हुन् ।


प्रकाशित मिति : २०७९ असोज २५ गते मङ्गलवार


