राप्तिमा जलसतहले खतराको तह पार

तुलसीपुर । पश्चिम राप्ती नदिमा जलसतहले खतराको तह पार गरेको छ । दाङको बगासोति जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको हो । बिहान ४ः१० बजे जलसतहले खतराको तह पार गरेको हो ।

अहिले राप्ती नदिमा जलसतह ६.४ मिटर पुगेको छ । सतर्कता तह ५.५ मिटर हो भने ६.२ मिटर जलसतह पुग्यो भने खतराको तह पार गरेको मानिन्छ । दुई दिन देखि लगातार पानी पर्दा डुबान र कटानको जोखिम बढे पछि पश्चिम राप्ती र बबई नदि क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस