तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको सामुदायिक सिकाई केन्दले आयोजना गरेको सिमेन्ट गमला निर्माण तालिमको समापन अवसरमा उहाँले उत्पादित वस्तुले बजार नपाउँदा सीप हराएर जाने समस्या भएकाले बजारको अवस्था हेरेर उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।
सिकाई केन्द्रका अध्यक्ष गोमा बालन क्षेत्रीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर ११का वडाध्यक्ष मानबहादुर रावतले महिलाहरुले उत्पादन गरेका वस्तुहरुको प्रोत्साहन गर्नका लागि प्रारम्भिक चरणमा वडाले नै खरिद गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा वडा नम्बर ६का वडाध्यक्ष दुजमान भण्डारीलगायतका वक्ताहरुले बोल्नुभएको थियो । करिब पाँच सय बढी गमलाहरु तयार पार्नुभएको छ ।


