दाङ । दाङको तुलसीपुरमा तुलसीपुर नगर स्तरीय वातासिनो कप फुटबल प्रतियाेगिता २०७९ हुने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी युवा जन स्वयंसेवक नेपाल दाङको आयोजना तथा दाङ वातासिनोको सहयोगमा अरनिको मैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिता यहि असोज १० गते देखि सुरु हुनेछ ।
फुटबल खेलको बिकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा तुलसीपुर नगर क्षेत्रमा स्थापित क्लबका १२ बढी टिमको सहभागिता रहने आयोजक युवा जन स्वयंसेवक नेपाल दाङका अध्यक्ष अजय दुलालले जानकारी दिएका छन् ।
चार दिनसम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता टिमले नगद २५ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष दुलालले बताए ।
यसैबीच प्रतियोगितालाई भब्य एवं सभ्यरुपमा सम्पन्न गर्न आफ्नो तयारीलाई तीब्र पारेको आयोजकले
असोज ९ गते दिउँसो २ बजेसम्म टिम दर्ताको समय राखेको छ भने ३ बजे टाईसिट गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको आयोजकले जानकारी दिएको छ ।


