महिला साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थत दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।

नेपालको जितमा प्रिती राईले निर्णायक गोल गरिन् । पहिलो हाफको अन्तिम मिनेटमा उनले उत्कृष्ट गोल गरिन् । दोस्रो हाफमा गोल नथेपनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएन ।

अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ ।

नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो । तर चार पटक नै नेपाल फाइनलमा भारसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस