काठमाडौं । मौसमविद् गङ्गा नगरकोटीकाअनुसार आज वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम पानी पर्ने अनुमान रहेको उनले बताइन् ।
यस्तै, आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
यसैबीच, आजदेखि पर्सि शुक्रबारसम्म लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भाग भइ बहने नदीमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ ।
यी क्षेत्रमा पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने तथा तथा केहीमा नदीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान छ ।
बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रहरू तथा तराईको डुबान भइरहने होचा क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार


