
काठमाडौ । सहकारी आयकर घटेको छ । सरकारले बिहीबार आर्थिक ऐन २०७९ संशोधन गर्दै सहकारी संस्थाको नाफामा लाग्ने आयकर घटाएको हो ।
संशोधित आर्थिक ऐन २०७९ अनुसार अब नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारीको कारोबारमा ५ प्रतिशत मात्र आय कर लाग्नेछ भने उपमहानगरपालिका भित्रका सहकारीको कारोबारमा ७ प्रतिशत र महानगरपालिकाभित्रका सहकारीमा १० प्रतिशत आय कर लाग्ने छ ।

यसअघि सहकारी संस्थालाई कर छुट हुने बाहेकको कारोबारमा नगरपालिका क्षेत्रभित्र ७.५ प्रतिशत, उपमहानगरपालिका क्षेत्र भित्र १० प्रतिशत र महानगरपालिका भित्र १५ प्रतिशत आय कर लाग्ने व्यवस्था रहेको थियो । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारी संस्थाको आयकर वृद्धि भएको थियो । कर वृद्धिको चौतर्फी विरोधकाबीच सरकारले सहकारीको समस्या समेत मनन् गर्दै आय करमा पुनर्विचार गरेको हो ।
प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार