डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कार्पाेरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ ।

पेट्रोल, हवाई इन्धन र एपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस