आज सुनको मूल्य ६ सयले घट्यो

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य ९४ हजार ५ सय र तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य एक हजार १४५ रुपैयाँ प्रतितोला कायम भएको छ ।

आइतबार पनि सुन चाँदीको मूल्य घटेको थियो । हिजो छापावाल सुनको मूल्य ९५ हजार एक सय, तेजावी सुनको मूल्य ९४ हजार ६ सय र चाँदीको मूल्य एक हजार १६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस