
रुकुम पश्चिम। पहिरोमा पुरिएर आइतवार रुकुम पश्चिममा आमा छोरीको मृत्यु भएको छ भने पहिराेमा पुरिएकी एक बालिकाकाे उद्धार गरिएकाे छ ।
आठबीसकोट नगरपालिका १४ पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा जाजरकोटको भेरी नगरपालिका १ मैदैकी ३० वर्षीया बालमती राना र उनकी दुई वर्षीया छोरी प्रतिक्षाको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमासँगै परेकी प्रतिक्षाकी दिदी १२ वर्षीया तिर्सनाकाे भने उद्धार गरिएको छ ।
जाजरकोटको नलगाड नगरपालिका १ माइतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उहाँहरू पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्ने क्रममा पहिरोले भवन पुरिएको हो ।
यसैबीच आइतबार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ र ६ मा पर्ने देउता खोलाले बगाउँदा गाउँपालिकाको वडा नम्बर ३ का दलवीर गुरुङ बेपत्ता भएका छन् ।
प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार