
विजौरी / विजौरी उद्योग वाणिज्य संघले विजौरी वजार भित्र सिसि क्यामेरा राख्नका लागि पहल गर्ने भएको छ ।
वैठकले चोरी तथा अन्य कुनै अपराधिक घटना घटेमा उक्त सिसि क्यामेराको माध्यमवाट अत्याधिक सहयोग पुग्ने भन्दै विजौरी वजार भित्र सिसि क्यामेरा राख्न विजौरी क्षेत्रका वित्तिय संस्थाहरुलाई आग्रह गर्ने समेत निर्णय भएको महासचिव विदुर गौगमले जानकारी दिनु भयो ।
साथै वैठकले हरितालिका तिजको पनि शुभकामना दिदैं नेपाली मैलिकतामा तिज पर्व मनाउन आग्रह गरिएको संघका महासचिव गौतमले जानकारी दिनु भएको छ ।
संघका अध्यक्ष प्रेमनाथ योगीले नेपालीहरुका चाडपर्वहरु आइरहेकाले यस अवधिका चोरी हुने भएकोले यसवाट सजक रहन व्यापारीहरुलाई आग्रह गर्नुभएको छ ।
यहि चाडपर्वका वेला अत्याधिक भिड हुने भएकोले पनि भिडभाडमा अलि वढि सजक रहनुहुन आग्रह समेत गर्नुभयो ।
संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा बैठक बसेको थियो ।