केन्याले दियो नेपाललाई १३३ रनको लक्ष्य

काठमाडौं । दोस्रो टी–२० अन्तर्राष्ट्रियमा केन्याले नेपाललाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखान क्रिकेट मैदान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गरेको केन्याले ८ विकेट गुमाएर १३२ रन बनाएको हो । केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए भने नेहेमिह ओडिएम्बोले ३१, इर्फान २२ रन बनाए । सचिन बुडिअले १४ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने, करण केसी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए ।

पवन सर्राफले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले एक नटआउट गराएका थिए । पहिलो टी-२० मा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस