
गढवा । गढवा स्वास्थ्य चौकीमा निशुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्न लमही, घोराही जानु पर्ने समस्या हट्ने भएको छ।
गाउँपालिकाद्वारा भित्रका सबै गर्भवती जाँच गर्न ग्रामिण अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेको हो । मंगलबार गढवा स्वास्थ्य चौकी सञ्चालक तथा ब्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर आले मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा डिजिटल अल्ट्रासाउन्ड मेसिन लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री इन्द्रजित थारुले उद्घाटन गरेका हुन् ।

गाउँमा नै गर्भ जाँच गर्न अल्ट्रासाउण्ड तथा भिडियो एक्सरे सेवा सुरु भएपछि स्थानीयलाई गर्भवती तथा नव शिशुहरुको स्वास्थ्य अवस्था बुझ्न टाढा जानुपर्ने समस्या हटेको छ।
साथै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई अल्ट्रा साउण्ड तथा डिजिटल एक्सरे मेसिन हस्तान्तण गरेका हुन् ।
गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुको बिशेष सहयोगमा गढवा गाउँपालिकालाई तिन वटा अल्ट्रासाउन्ड मेसिन प्राप्त भएको छ । तीन वटा अल्ट्रासाउन्ड मेसिनमध्ये गढवा, गंगापरस्पुर र गोबरडिहा स्वास्थ्य चौकीलाई एक एक थान अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण भएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुले ग्रामीण क्षेत्रका अधिकांश गर्भवतीहरुलाई गर्भावस्थाको ९ महिनासम्म पनि आफ्नो पेटमा बच्चा कस्तो अवस्थामा छ भनेर महिलाहरुलाई थाहा नभएकै कारण अधिकाशं बच्चा र आमाले ज्यान गुमाउनु परेकोले ग्रामीण क्षेत्रमा हुने नवजात शिशुको मृत्युदर र गर्वभती आमाको मृत्युदर घटाउन अल्ट्रासाउन्ड मेसीनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ बताए।
त्यसैखरी गढवा स्वास्थ्य चौकीलाई डिजिटल एक्सरे मेसिन पनि स्वास्थ्य मन्त्री चौधरीले हस्तान्तरण गरेका छन् ।
डिजिटल अल्ट्रासाउन्ड मेसिनको प्रयोगले ग्रामीण क्षेत्रका महिलाहरुले आफनो अवस्था थाहा नपाएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने गढवा स्वास्थ्य चौकी गढवामा कार्यरत अनमी मञ्जु श्रेष्ठले बताइन् । आफूले अल्ट्रासान्ड मेसीन प्राप्त गरिसकेपछि समयकै गर्भवती महीलाको स्वास्थ्य अवस्था पत्ता लगाएर रिफर गरेर आमा र बच्चाको ज्यान बचाउन सहयोग पुग्ने उनको भनाई छ ।

उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी, वडा ५का अध्यक्ष लेखराज थापा, वडा ४ का अध्यक्ष हरिभगत चौधरी, गढवा गाउँपालिकाका योजना शाखा प्रमुख कुलराज कुमाल, स्वास्थ्य शाखा उपप्रमुख द्रोपदा सुबेदी, गढवा स्वास्थ्य चौकीका डाक्टर केदार अधिकारी, कोईलाबास स्वास्थ्य चौकीका प्रमुख कृष्ण प्रसाद आचार्य, गोबरडिहा स्वास्थ्य चौकीका प्रमुख ज्ञान कुमार बसेल, महिला स्वयं सेविका सकुन्तला डिसी लगायतको उपस्थिति रहेको थियो।