शनिबारसम्म निर्वाचन आयोगमा ४० दल दर्ता

काठमाडौं । चुनावी प्रयोजनका लागि ४० दल निर्वाचन आयोगका दर्ता भएका छन् ।

निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेकामा शनिबारसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका हुन् ।

हालसम्म प्रमुख दलमा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) ले दल दर्ता गराएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्र दर्ताको प्रक्रियामा छन् ।

कामको चापले हाल सार्वजनिक बिदाका दिन पनि आयोगको खुला रहँदै आएको छ ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस