
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ दशगजा नजिकैबाट प्रहरीले मंगलबार लागूऔषध (ब्राउन सुगर)सहित तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको संयुक्त टोलीले शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा खानतलासी उनीहरुको साथबाट ५५० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको हो ।
पक्राउ पर्नेहरुमा बर्दिया मधुवन नगरपालिका वडा नं. ५ बस्ने ललित बहादुर गुरुङ, सोही ठाउँका समिर कार्की र वडा नं. ६ का किरण वंशी मगर रहेका छन् ।
उनीहरुको साथबाट मोबाइल ३ थान र मोटरसाइकिल १ थान प्रहरीले बरामत गरेको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार