म्याग्दीमा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विक र गोठे विकको घर पुरिँदा गोठे विकका १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको छ भने घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । स्थानीयवासीले उनीहरुको खोजी जारी राखेका छन् ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस