दाङ । दाङको देउखुरीमा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ ।
सोमवार बेलुकी देउखुरीको राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमाको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
घरभित्र भाउजुले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फालेपछि के भएको हो भनी देउरानी हिमाले बिजुलीको तार छुँदा करेन्ट लागेको थियो ।
त्यसपछि करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् वासुले काँचो लठ्ठीले तारलाई हिर्काउँदा तार चुडिएर आफ्नै शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको ज्यान गएको राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार