भक्तपुरमा सल्लाको रुखले च्यापिएर ३ जनाको मृत्यु, १२ जना घाइते

भक्तपुर । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरको दुघपाटी तर्फ जाँदै गरेको बा.२ख ३५८४ नम्बरको बसमा सवार २ जना र बा.६१प ३९७८ नम्बरको स्कुटरमा सवार १ जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासी घर भएका २३ वर्षीय विशेष खर्बुजा छन् । अरु दुई जनाको परिचय खुलेको छैन । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित ग्रिनल्याण्ड होटल गेट अगाडि गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुख ढलेको च्यापेको थियो ।

 दुर्घटनामा परेर घाइते भएका १२ जनाको उपचार भइरहेको छ । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ ।

सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने भएको छ ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस