काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा ७३ जना कर्मचारी माग गरेको छ।
शुक्रबारको गोरखापत्रमा सूचना प्रकाशित गरेर बोर्डले एक परीक्षा नियन्त्रक, चार उपसचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायक पदमा कर्मचारी मागेको छ।
बोर्डको काठमाडौं उपत्यकामा परीक्षा केन्द्र रहनेछ भने भदौ ५ गतेसम्म दरखास्त दिन सकिनेछ।
२१ वर्ष पूरा भई ४५ वर्ष ननाघेकोले दरखास्त दिन पाउँछन्।
प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार