लुम्बिनी प्रदेशका केही मन्त्रालयहरुको नाम फेरियो

बुटवल । लुम्बिनी प्रदेश सरकारले केही मन्त्रालयको नाम हेरफेर गरेको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आर्थिक मामिला तथा सहकारी मन्त्रालयलाई अर्थ तथा सहकारी, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलाई आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालय नामाकरण गरेको छ ।

यस्तै कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नाम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको नाम परिवर्तन गरी स्वास्थ्य मन्त्रालय मात्र बनाइएको सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले बताए ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस