काठमाडौं । नेपालमा पछिल्लो दुई महिनापछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७० दिनपछि (१ साउन)मा एक संक्रमितको मृत्यु भएको हो ।
यसभन्दा अगाडी वैशाख २४ एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ ।
जनस्वास्थ्यविद्का अनुसार धेरै अन्तरालपछि कोरोना संक्रमितको साथै मृत्यु हुनुले अर्को लहर (चौथों) भइसकेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार ५९ जना संक्रमित निको समेत भएका छन् । अहिले देशभर एक हजार १,४३९ जना सक्रिय संक्रमित छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ६९ छन् । मन्त्रालयका अनुसार १८ जना आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
अहिलेसम्म नेपालमा कुल जनसंख्याको एक मात्रा ७०.३ प्रतिशत, ७० प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले बुस्टर (अतिरिक्त) खोप लगाएका छन् ।