हामीले कस्तो किसिमको पोषणयुक्त खाना खाने ?

धेरैजसो मानिस आफ्नो जीवनशैली परिवर्तन गर्न चाहँदैनन् तर सबै मानिसलाई जीवनशैली परिवर्तन स्वास्थ्यका लागि प्रभावकारी छ भन्ने जानकारी भने दिनुपर्छ ।

प्रायः मानिसलाई आफूले अँगालिरहेको जीवनशैली श्रेयष्कर लाग्छ । बिरामी नपरी, विज्ञले सुझाव नदिई या कुनै मेडिकल घटना नभई धेरै मानिस जीवनशैली बदल्न चाहँदैनन् । विभिन्न व्यापारिक कारणले पोषणबारेको भ्रामक जानकारीले गर्दा सही जीवनशैली अङ्गीकार गर्न अन्योल परेको केही मानिसलाई देख्न पनि सकिन्छ ।

कस्तो पोषणयुक्त खाना खाने ?

जस्तो प्रकृतिले दिएको छ त्यही अनुरूप वनस्पतिप्रधान खाना खानुपर्छ । सागसब्जी, हालग्रेन अन्नहरू, बेरिहरू (स्ट्रबेरी, काफल, जामुना) नट्स बियाँहरू, गेडागुडी जस्ता खानाका उदारहण हुन् । मासुमा हुने स्याचुरेटेट फ्याट तथा मासु प्रोटिनले बढाउने हार्मोन इन्सुलिन लाइक ग्रोथ फ्याक्टर (आईजीएफ–१) रोगको जोखिम बढाउने कुरा प्रमाणित भइ नै सकेको छ । उत्तम स्वास्थ्यका लागि साकाहारी आहार श्रेयकर हुने कुराको यथार्थ बुझ्न जरूरी छ । तर तेल र नुनलाई भने बर्जित गर्नुपर्छ ।

साधारण प्रशोधित कार्बोहाइड्रेटको उदारहण चिनी, सिरप, जाम, जेली, क्यान्डी आदि हुन भने मिश्रित प्रशोधित कार्बोहाइड्रेटमा सेतो पीठोको परिकार, सेतो भात, पास्ता आदि पर्छ । प्रशोधित कार्बोहाइड्रेटको धेरै उपभोगले आन्तरिक सुनिने बनाउँछ । साथै मोटोपन, कलेजोमा बोसो हुने रोग, इन्सुलिन प्रतिरोध मधुमेह, उच्च ट्राइग्लिसराड तथा मुटुरोग लाग्ने प्रबल जोखिम हुन्छ ।

उमारिएको गेडागुडी अझ स्वास्थ्यकर हुन्छ । जब गेडागुडी अङ्कुरित हुन्छ तब पोषण विरोधी तत्त्व टुट्छ र स्टोर गरिएको पोषण गेडागुडीको वृद्धिको लागि उपलब्ध हुन्छ । गोलभेंडामा पाइने लाइकोपिनले पयानक्रियाज, कोलोरेक्टर, स्तन, फोक्सोको क्यान्सरको जोखिमलाई कम गर्छ । गेडागुडीमा इनोसिटोल पेन्टकिस्फोस्फेट (आईपी–५), प्याजमा एलिनेग (ताप अनुरूप हुने इन्जायम), सल्फाइड, फ्लाभोनोइड्स, च्रओमियम, क्युरेटिन, फ्रुक्टोओलीगोसअचारिड्स अनि च्याउमा एन्जियोजेनिसिस प्रतिरोध, एरोमेटेज प्रतिरोध क्यान्सर हुन नदिने अति लाभदायी पोषणका तत्त्वहरू पाइन्छ ।

स्वस्थ्यकर जीवनशैलीको लागि निम्न तरिकाहरू अपनाऔँ

१. वनस्पति प्रधान होलग्रेनलाई आफ्नो खानाको आधार मानौ स् सलाद, सागसब्जी बढी खाऔँ । गेडागुडी, प्याज, च्याउ, होलग्रेन अन्न, ४० ग्राम नट्स तथा बियाँहरू नियमित खाऔँ । मसालाको प्रयोग गरौँ ।

२. प्रोटिनका लागि जनावरबाट पाइनेभन्दा बनस्पतिलाई रोजौँ ।

३. खराब चिल्लोको बदलामा स्वास्थ्यकर छानौँ । नुन, तेल र चिनीलाई लगाम लगाऔँ ।

४. पोषणका सुरक्षित तत्त्वहरू बढी खाऔँ ।

५. प्रदूषित तत्त्वहरू जस्तै किटनासक औषधि अरू विषादी हालिएको खानाको सट्टा अर्गानिक खाऔँ ।

६. शरीर पातलो, तन्दुरुस्त राखौँ ।

७. आफ्नो स्वास्थ्यमा जागरुक होऔँ ।

प्रकाशित मिति : २०७९ असार ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस