तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले तुलसीपुर ६मा रहेको दिदी घरलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्र्तगत दाल,चामल,नुन, तेल,गेडागुडी, बिस्कुट,भुजा,नमकिन,साबुन संस्थाका निर्देशक सुरेश भुसालले दिदी घरकी सञ्चालिका स्यानी चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो ।
तुलसीपुर ६मा रहेको दिदी घरमा २४ जना बालिका रहेका छन् । संस्थाका निर्देशक सुरेश भुसालले बालबालिकाहरुका लागि आवश्यक पर्ने खाद्यान्न सामग्री,शैक्षिक सामग्री आगामी दिनहरुमा सहयोग गर्दै जाने बताउनुभएको थियो । दिदी घरकी सञ्चालिका स्यानी चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । तुलसीपुर १९मा रहेको पुर्नस्थापना केन्द्रले विभिन्न सामाजिक सेवामा काम गर्दै आएको छ ।
प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार