काठमाडौं–५ बाट उम्मेदवारी दिने रन्जुको घोषणा

काठमाडौँ । आउँदो प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट रन्जु दर्शना उठ्ने भएकी छन् । आइतबार फेसबुकमार्फत विवेकशील साझा पार्टीकी पूर्वनेता दर्शनाले काठमाडौं ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

यसअघि नै उनले काठमाडौं ५ बाट उठ्ने आफ्नो तयारी रहेको र केही दिनमा औपचारिक रुपमा घोषणा गर्ने बताएकी थिइन् । उनले आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताएकी छन् ।

‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु‚’ उनले लेखेकी छन् ।

वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा अधिकतम ढोंग पाएको उल्लेख गर्दै उनले विवेकशील साझा पार्टी छाडेकी थिइन् ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस