दाङ । दाङ देउखुरीको लालमटियामा जिल्ला स्तरीय खुला कराते प्रतियोगिता २०७९ हुने भएको छ ।
नेपाल सितोरियो कराते देउखुरी डोजोको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगिता यहि असार २१ गते देखि सुरु हुनेछ ।
दुई दिनसम्म संचालन हुने प्रतियोगिताको कुमुते पुरुषतर्फ ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजि तौल समुह र कुमुते महिलातर्फ ३०, ३५, ४०, ४५, ५० र ५५ केजि तौल समुहमा कडा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिला पुरुष एकल कातामा कडा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रशिक्षक याम बहादुर वाग्लेले जानकारी दिए ।
जिल्लाका दश पालिका भित्र स्थापित डोजोका खेलाडिहरुको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने डोजोलाई पुरस्कार स्वरुप शिल्ड, कुमुते र कातामा उत्कृष्ट हुने खेलाडिलाई ट्रफी तथा प्रथम, द्वितीय र तृतीय स्थान हात पार्ने खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।