हापुरेमा फोहर ब्यवस्थापनका लागि डस्टबिन

दाङ । दाङको बबई गाउँपालिकामा फोहर ब्यवस्थापनका लागि डस्टबिनको ब्यवस्थापन गरिएको छ । गाउँपालिका क्षेत्र तथा हापुरे बजार क्षेत्रको फोहर ब्यवस्थापनका लागि डस्टबिनको ब्यवस्थापन गरिएको हो ।

गाउँपालिकाको सामाजिक शाखा मार्फत् गल्ने र नगल्ने फोहरलाई ब्यवस्थापन गर्न डस्टबिन ब्यवस्थापन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लकाअनुसार गल्ने र नगल्ने फोहरलाई ब्यवस्थापन गर्न दुई प्रकारका डस्टबिन ब्यवस्थापन गरिएको हो ।

बजार क्षेत्रका विभिन्न १५ स्थानमा डस्टबिनको ब्यवस्थापन गरिएको सामाजिक विकास शाखा प्रमुख तेजेन्द्र घर्तीले जानकारी दिए । बजार क्षेत्रमा हुने फोहर जथाभावी फाल्ने प्रचलन रहेकोले त्यसको ब्यवस्थापनका लागि पहिलो चरणमा डस्टबिनको ब्यवस्थापन गरिएको छ ।

यस्तै गाउँपालिका प्रशासन भवन रहेको क्षेत्रका विभिन्न दश स्थानमा डस्टबिनको ब्यवस्था गरिएको छ । फोहर ब्यवस्थापनका लागि गाउँपालिकाले एक ट्रयाक्टर खरिद गरेको छ भने ल्याण्डफिल साइड निर्माणको चरणमा रहेको छ ।

हापुरेक्षेत्र क्रमिकरुपमा बजारका रुपमा विकास हुन थालेको भन्दै गाउँपालिकाले फोहर ब्यवस्थापनमा ध्यान दिन थालेको छ । साथै गाउँपालिकाले डस्टबिनमा गल्ने र नगल्ने फोहरलाई ब्यवस्थापन गर्न आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस