नयाँ पाइला पुर्नस्थापना केन्द्रमा पुगेर विद्यार्थीले मनाए लागु औषध विरुद्धको दिवस

तुलसीपुर । अन्तर्राष्ट्रिय लागु औषध ओसार पसार विरुद्धको दिवसको अवसरमा तुलसीपुर वडा नं. ६ मा रहेको लक्ष्यदीप एकेडेमीले तुलसीपुर १९ मा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रमा पुगेर लागु पदार्थ दुर्व्यशनी उपचारार्थीहरुसंगै रहेर दिवसमा मनाएका छन् ।

उनीहरुले कसरी दूर्व्यशनीमा फस्दछन् भन्ने विषयमा अनुभवसहित ज्ञान हासिल गर्ने अवसर पाएका हुन् । दुव्र्यशनीमा फसेकाहरुलाई समाजले हेर्ने दृष्टिकोण, समाजमा पुर्नस्थापना, यसबाट टाढा रहने विषय र अभिभावकहरुलाई दिनुपर्ने शिक्षाका बारेमा विद्यार्थीहरुलाई जानकारी दिइएको संस्थाका निर्देशक सुरेश भुसालले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका शिक्षकहरु सुदीप केसी, विज्ञान भण्डारी, झरना केसी, विपाशा विष्ट, अरुण गुप्ता प्रभात देवकोटा लगायतको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई मनोविमर्शकर्ता शैलेश शर्माले लागु पदार्थ दुव्र्यशनीबाट बच्ने उपायका विषयमा जानकारी गराएका थिए ।

विद्यालयका कक्षा ६ देखि दशसम्मका एक सय २५ जना विद्यार्थीहरुले उपचारार्थीहरु, मनोविमर्शकर्तासंग रहेर जानकारी लिएका थिए ।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस